अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, याशिका बाँठा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा संकलित ७९ हजार ८ सय ९० रुपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो । गायत्री नेशनल हस्पिटल, घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो
अमेरिका बस्ने कमल थापाको पहलमा एनिता राई, निरा निरौला, भावना भण्डारी, यशोदा चौलागाई, हरि कोइराला, सुरेन्द्र राम, विष्णु कँडेल, भिमसेन प्रधान, आशा क्षेत्री, रमा पोखरेल, अशोक यादव, प्रभा विष्ट, यशोदा थापा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा दिलिप सुवेदी, देव शर्मा, रुपक खड्का, गोकर्ण दाहाल, सुशील क्षेत्री, जीवराज बुढा, हेमन्त गेलाल, जीवन गोषी, तेज अर्याल, नेत्र पाण्डे, जनक रानाले सहयोग गरेका थिए।
दुवै मृगौलाले काम गर्न नसकेपछि विगत लामो समयदेखि भूमिसराले प्राकृतिक उपचार गराउँदै आएकी छिन् । कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या परेकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध समेत गरेकी छिन्।
उनले भनिन्, ‘नियमित उपचारका कारण मैले आर्थिक अभाव झेल्नुपरिरहेको छ। यहाँहरुको सहयोगले उपचारमा केही सहज हुने नै छ। साथै थप उपचारका निम्ति थप रकम आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’