सर्वाेच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध फैसला गरेपछि पनि सत्ता छाड्न नमानेपछि प्रमुख तीन दलले ओलीविरुद्ध मोर्चाबन्दी गर्न छलफल अघि बढाएका छन् । नयाँ सत्ता समिकरणका लागि सोमबारको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बैठकमा सहभागी हुने भएका छन् ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुने छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुने भनिएको छ ।
यसअघि पटक पटक दुईपक्षीय छलफल मात्रै गर्दै आएका तीन दल सोमबार भने एकै ठाँउमा बसेर नयाँ सत्ता समिकरणबारे छलफल गर्न लागेको बताइएको छ ।