Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 2.7K
    SHARES

काठमाडौं, /  नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भइरहेको छ ।

पार्टी मूख्यालयमा भइरहेको वार्तामा दुबै नेताले आ–आफ्ना पक्षका नेताहरुलाई पनि साथैराखेर भेटवार्ता गर्नुभएको हो ।

नेता माधव नेपालले एक्लै भेट्न नमानेपछि दुबै पक्षका नेताहरुसमेत सामेल भएर भेटवार्त भएको हो ।

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि

सर्वोच्च अदालतले ओली–दाहाल अध्यक्षताको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपामा रहँदा दुई किनारामा पुगेका ओली र नेपालबीच चार महिनापछि भेट भएको हो ।

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहन्छ भने नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्छ ।

ओली र नेपालबीच पछिल्लो पटक गत कात्तिक २५ मा भेट भएयता भेटवार्ता भएको थिएन ।
सर्वोच्चको फैसलापछि ब्यूतिएको नेकपा एमालेमा आन्तरिक रडाको मच्चिएका बेला हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि

नेपाल पक्षले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ओली समूहले पछिल्लो समयमा गरेका निर्णयहरु खारेज हुुनपर्ने माग गरिरहेको छ । पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काउने हो भने नयाँ ढंगबाट छलफल हुन सक्ने यो समूहको निष्कर्ष छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो भने वरिष्ठ नेता नेपाल र झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४