Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कारवाही


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 1.9K
    SHARES

कपिलवस्तु । कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कारवाही गरीएको छ ।

भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेट्रोलियम पदार्थ ओेसारपसार गर्ने सात टेलरलाई कारवाही गरीएको हो ।

कृष्णनगर स्थित नेपाल–भारत सीमा नजिक रहेका केही पेट्रोल पम्पहरुबाट नेपाल भित्रिएका भारतीय मालवाहक टेलर तथा ट्रकहरु फर्किने क्रममा अवैधरुपमा डिजल ओसारपसार गर्दै आएको तथ्य खुलेपछि सातवटा टेलरलाई कृष्णनगर प्रहरीले कारवाही गरेको हो ।

पेट्रोलियम पदार्थहरु भारत हुँदै नेपाल आयात भए पनि भारतमा पेट्रोल, डिजलको मूल्य बढी भएकोले कृष्णनगर–चन्द्रौटा औद्योगिक क्षेत्रमा कच्चा पदार्थ तथा कोइला पु¥याउने लगायतका ढुवानी गर्ने मालबाहक गाडीहरुले तीनदेखि पाँच अतिरिक्त ट्यांकी जडान गरी ओसारपसार गर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरीको संयुक्त टोलीले केही टेलरहरुको चेकजाँच गर्दा सात वटा गाडीमा अतिरिक्त ट्याँकी जडान गरी ४ लाख १५ हजार रुपैयाँ बराबरको ४२ सय लिटर डिजल बरामद गरेको थियो ।

डिजल निकाली बुटवल राजस्व कार्यालय पठाउने प्रकृया अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४