Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रले ‘बादल’सहित २३ नेतालाई कारवाही गर्दै, सांसद पद नरहने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 5.1K
    SHARES

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले गत शुक्रबार बादलसहित माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिसक्नुभएकाे छ । माओवादीबाट एमालेमा मनोनीत हुनेमा १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्य रहेका छन् ।

माओवादी केन्द्रले उनीहरूलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । माओवादी केन्द्रले आफ्नो पार्टीबाट  बनेका मन्त्रीहरूलाई  मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन समेत दिएको थियो ।

उनीहरुको जवाफ नआएपछि आज बस्ने बैठकले कारवाही प्रक्रिया अघि बढाउने भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । पार्टीले कारवाही गरे उनीहरुको सांसद पद रहँदैन ।

नेकपा रहँदा प्रधानमन्त्री ओली पक्षमा उभिएका रामबहादुर थापा ‘बादल’ सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दाबा लामा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् । बादल बागमती प्रदेश इञ्चार्ज, भट्ट सुदूरपश्चिम इन्चार्ज र प्रभु साह प्रदेश–२ को अध्यक्षमा चयन भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर चौधरी, झपट बोहरा, चन्द्रबहादुर खड्का र गिरधरी लाल एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४