मुगु जिल्लामा रहेका स्याउ कृषकहरुले स्याउको बीमा बापतको रकम समेत पाएपछि कृषक खुसी भएका हुन् । स्याउ फुलफुन्ने समयमा चैत्र बैशाख महिनामा हावा हुरी असिना पानीले
स्याउमा रहेका सबै फुल झारेपछि यो बर्ष मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका भित्रमा रहेका कृषकहरुको स्याउ उत्पादन एकदमै निम्न उत्पादन भएको हुदा स्याउ बीमा गरेका कृषकहरुले बीमा दाबी गरि भुब्तानी पाउदा निकै खुसी भएका छन् ।

नियमित व्यवसायीक रुपमा स्याउ खेति गर्दै आएको लामो समय भएपनि बगैँचामा ४ सय भन्दा बढि स्याउका विरुवा छन् । तर पछिल्लो समयमा मुगुमा स्याउ बीमा शिखर ईन्स्योरेन्स शाखा कार्यालय मुगुले मौसममा आधारित स्याउ बीमामा गरेका छन् । जसमा मौसमका कारण सबै फल झरेपछि छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ कस्ने स्याउ कृषक रामदेवी रावलले बीमा दाबी गर्दा २७ हजार रकम पाएको बताइन् । उनले बीमा गर्दा राम्रो हुने पनि बताइन् ।

उनले थपिन्, ‘बीमा नगरेको भए मैले यो रकम कहाँबाट पाउथेँ, असिना पानीले स्याउको फूल सबै झारेर उत्पादनले भएको थिएन ।’
त्यस्तै अर्का स्याउ कृषक रत्नमाया भामका अनुसार स्याउ बीमा गर्ने समयमा आर्थिक अभावका कारण २ सय स्याउका बिरुवामा स्याउ बीमा गरेको बताउछिन् ।
उनको बगैँचामा ५ सय भन्दा बढि स्याउका विरुवा भए पनि यो बर्ष स्याउ फुलफुल्ने समयमा मौसमी खराबीका कारण स्याउ नफल्दा बीमा गरेका स्याउका बिरुको आधारमा प्रति बोटाको २ सय ७० रुपैयाँ ३० पैसाको दरले बीमा दाबीबाट पाएको बताउछिन् ।

आगामी बर्षहरुमा पनि सबै स्याउको बीमा गर्ने समेत बताएकी छन् । बीमा गर्नका लागि कर्मचारी घरमै आउनाले बीमाका लागि आफुहरुलाई कुनै समस्या नहुने उनको भनाइ छ ।
मुगुमा शिखर ईन्स्योरेन्सले कृषि बीमा पशु बीमाका साथै घर‚ गोदाम‚ पसल‚ सवारीका साधनहरु समेत बीमासमेत गर्दै आएको छ । । यस बर्ष मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका भित्र रहेका ३ सय १९ जना कृषकहरुले १९ हजार ४ सय ९६ स्याउका विरुवामा बीमा गरेको थिए ।
जसमध्ये बिरुवा २ सय ७० रुपैया ३० पैसाका दरले बिमा भुक्तानी गर्दा ५२ लाख ६९ हजार ७ सय ६८ रुपैयाँको स्याउ बीमा दावी भुक्तानि गरेको शिखर ईन्स्योरेन्स शाखा कार्यालय मुगुका कार्यलय प्रमुख रामलक्ष्मी मल्लले बताएकी छन ।
मल्लका अनुसार बिगतका बर्षहरुमा बीमा गर्न बस्ती टोलटोल जानु पर्ने थियो । अहिले पछिल्लो समयमा शिखर खोज्दै आउने गरेको पनि बताएकी छन् ।