देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लागेको जनाइएको छ । बालुवाटारमा विहान ११ बजे प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरिने बताइएको छ । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइन्छ ।