Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ खर्ब ५० अर्बको बजेट ल्याउन योजना आयोगको सिलिङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेसँगै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ । आयोगले आगामी वर्ष १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याउन सिलिङ तोकेको छ ।

चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्बको बजेट ल्याउँदा पनि बजेट खर्च स्थिति कमजोर देखिएकाले आयोगले आगामी वर्ष पनि सानो आकारको बजेट ल्याउन सुझाव दिएको हो ।

कोरोना संक्रमणका कारण कमजोर बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि कर छुट तथा सहुलियत दिनुपर्ने, चालू वर्षको बजेटमा धेरै ऋण उठाइएको अवस्थामा धेरै ऋण उठाउन स्वस्थकर नहुने भन्दै आयोगले चालू आर्थिक वर्षमा विनियोजन गरिएको बजेटको तुलनामा ५ प्रतिशत मात्रै बढाएर सिलिङ पठाएको हो ।

आयोगले मध्यकालीन खर्च संरचना २०७६/०७७ देखि २०७८/०७९ सम्मले आर्थिक वर्ष २०७७/०७८ को बजेट २० खर्ब ५२ अर्ब रुपैयाँको अनुमान गरेको थियो भने २०७७/७८ देखि २०७९/८० ले १६ खर्ब ९७ अर्ब बजेटको अनुमान गरेको थियो । तर, बजेट खर्च बढ्न नसकेको अवस्थामा बजेटको सिलिङ ठूलो नबनाइएको हो ।

चालू आर्थिक वर्षमा अघिल्लो वर्ष विनियोजन गरेको बजेटको तुलनामा पनि बजेट घटाइएको थियो । आर्थिक वर्ष २०५८/०५९ र चालू आर्थिक वर्ष २०७७/०७८ को बजेट अघिल्लो वर्ष विनियोजन गरेको भन्दा घटाइएको थियो ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ विनियोजन गरेकोमा जम्मा ११ खर्ब १० अर्ब रुपैयाँ खर्च गरेको थियो । दोस्रो बजेट पहिलोको तुलनामा १६ प्रतिशतले बढाएर १५ खर्ब ३२ अर्ब रुपैयाँ पु¥याइएको थियो । दोस्रो बजेट पनि १० खर्ब ९० अर्ब रुपैयाँको मात्रै खर्च भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४