Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अलैंची र चियाको निर्यात बढ्दो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । चालू आर्थिक वर्षमा निर्यात भएका वस्तु मध्ये सबै भन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सात महिनामा चियाको निर्यातमा ६३ प्रतिशत र अलैंचीको निर्यातमा ४८ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्ममा ४ अर्ब २८ करोड २२ लाख १४ हजार रुपैयाँ बराबरको ५३ लाख ६२ हजार ३ सय ३३ किलो अलैंची निर्यात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ८७ करोड ८५ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ६ सय ५ किलो निर्यात भएको थियो । यस्तै सात महिनाको अवधिमा मुलुकबाट २ अर्ब ९३ करोड ५ लाख २१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७९ करोड २० लाख बराबरकोे चिया निर्यात भएको थियो ।

नेपालमा उत्पादित चिया जर्मनी, जापान, फ्रान्स, अमेरिका, अष्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा ठूलो माग भएपनि नेपाली किसानले अलैलीको उचित मूल्य पाउन सकेका छैनन् । गत वर्षको तुलनामा कम मूल्मा बिक्री गर्न किसान बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४