Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनबाट पहिलो पटक रासायनिक मल भित्र्याइयो, प्रतिकेजी ३ रुपैयाँसम्म सस्तो पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 5.8K
    SHARES

काठमाडौं । उत्तरी नाका तातोपानीबाट नेपालमा पहिलो पटक रसायनिक मल आयात भएको छ । यसअघि भारतसँग सिमाना जोडिएका दक्षिणी नाकाबाट मात्र रसायनिक मल आयात हुने गरेकोमा पहिलोपटक उत्तरी नाका तातोपानीबाट पनि मल आयात भएको हो ।

फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनिले मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ । जसमध्ये शुक्रबारसम्म २ सय ८० टन मल आइसकेको छ । कृषि मन्त्रालयका सह–सचिव कञ्चनराज पाण्डेले उत्तरी नाकाबाट परीक्षणका लागि सुरुमा सानो परिणाममा मात्रै मल ल्याइएको जानकारी दिनुभयो ।

कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले पहिलोपटक साल्ट ट्रेडिङले तातोपानी नाकाबाट मल आयात गर्न सफल भएकोले यो नाका बैकल्पिक भएको बताउनुभयो ।

मल आयात गरिरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले सुरुमा परीक्षणका लागि उत्तरी नाकाबाट सानो परिणाममा मल ल्याउने भनिए पनि अर्ब वार्षिक १ लाख मेट्रिक टनसम्म ल्याउन सक्ने जानकारी दिनुभयो । उहाँले चीनबाट ५ दिन नाकासम्म र ७ दिनमा काठमाडौसम्म मल लैजान सकिने जानकारी बताउनुभयो ।

उत्तरी नाका तातोपानीबाट मल ल्याउँदा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताइएको छ । किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले कन्टेनरको राम्रो सुविधा भए १ महिनामै सबै मल आईसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उत्तरी नाकाबाट आएको यो मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, काठमाडौंलगायतका पहाडी जिल्लाका किसानलाई बिक्रि वितरण गरिने मन्त्रालयले जनाएको छ । यो मल साल्ट ट्रेडिङले स्थानीय तह मातहतबाट बिक्रि वितरण गर्नेछ ।

प्रतिबोरा मलको औसत खरिद मूल्य २ हजार ३ सय २२ रुपैयाँ ४४ पैसा छ । जसमा औषत अनुदान मूल्य १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४