Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मझराका स्थानीयको ३५ वर्षदेखिको सपना पूरा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 2.7K
    SHARES

बर्दिया । जिल्लाको दुर्गम मझरा बस्तीका स्थानीयले ३५ वर्षदेखि देख्दै आएको सपना पूरा हुने भएको छ । २०४२ सालमा बस्ती बसेको समयदेखि स्थानीले देखेको पुलको सपना पूरा हुन लागेपछि स्थानिय हर्षित भएका छन् ।

पुल बनेसँगै मझराबासीले आफ्नो आधा दुःख त्यसै हराउने आशा गरेका छन् । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ ।

मझरा बस्तीलाई जोड्न लुम्बिनी प्रदेशको १ करोड ६२ लाख ५० हजार रुपैयाँको लागतमा २ सय ३ मिटरलामो झुलुङ्गे पुल बन्न लागेको हो । बर्षेनि डुङ्गाको सहायतामा आउजाउ गर्नु पर्ने बाध्यतामा परेका स्थानियहरू झोलुङ्गे पुल बन्न लागेपछि स्थानीय मुन्नी थारु खुसी भएकी छन् ।

दैनिक रूपमा मेलापात, घाँसदाउरा गर्न आउजाउ गर्नु र त्यसकोलागि डुङ्गाको सहारा लिँदै आए पनि बजार जाँदा डुङ्गाको व्यवस्था नहुँदा निथ्रुक्क भिजेर जानुपर्ने बाध्यता थियो । गाउँमा रहेको एउटा विद्यालयमा आवतजावत गर्ने विद्यार्थीहरूलाई जान आउन समेत कठिन हुने गरेको अवस्थामा पुल निर्माण सुरु हुँदा स्थानीय लक्ष्मी रानामगर बताउनुहुन्छ ।

पुल नहुँदा बिरामी परेको बेला बर्दिया सदरमुकाम पुग्न समेत समस्या थियो । स्वास्थ्य उपचार नपाएर बालबालिका र दुर्घनामा परेकाहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । पुल बन्ने भएपछि विद्यार्थीलाई आवतजावतमा सहज हने र वर्षौंदेखिको समस्याबाट मुक्ति पाइने स्थानीय आशाराम थारुको विश्वास छ ।

यता राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी पनि लामो समयपछि मझराबस्ती जोड्ने झोलुङ्गे पुल निर्माण गर्न पाउँदा खुसी हुनुहुन्छ । २०४२ सालमा बसेको मझरा बस्तिमा झण्डै १ सय ५० घरधुरी छन् भने गाउँमै एउटा विद्यालय पनि छ । पुल बनेपछि मझराबस्तीका बासिन्दालाई सदरमुकाम पुग्न सहज हुने उहाँको भनाइ छ ।

पिछडिएको बस्तीको रूपमा रहेको यहाँका बासिन्दाले बिजुली बाल्न समेत पाएका छैनन् । वैकल्पिक उर्जाको रूपमा रहेको सोलार पनि २ घण्टामात्र बल्ने गरेको छ । पातलो बस्ती भएकाले जंगली जनाको आक्रमणबाट बर्सेनी कैयौंले ज्यान गुमाउने गरेका छन् । चुनावको समयमा नेताहरू स्थानीयको घर–घरमा पुग्ने गरे तापनि त्यहाँको विकासमा भने चासो नखिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४