Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल समूहलाई पेलेरै जाने मनस्थितिमा ओली, पदाधिकारीको जिम्मेवारी बाँडफाँडमा बाइपास सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 3.4K
    SHARES

काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रहरु पुनस्र्थापना गरेपछि राजनीतिक तरंग सेलाएको छैन ।

पेरिसडाँडामा अन्तिम भनिएको नेकपाको बैठकबाट आ–आफ्नो बाटो भन्दै पुरानै पार्टीमा फर्किएका माधवकुमार नेपाल समूहलाई ओली समूहले बाइपास गर्न सुरु गरेको छ ।

शुक्रबार नै एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गर्दै माओवादी केन्द्रबाट एमाले कित्तामा पुगेका नेताहरुलाई ओलीले जिम्मेवारी दिएपछि राजनीति थप रोचक बनेको छ ।

अदालतको आदेशपछि पेरिसडाँडामा बसेको अन्तिम बैठकबाट अब आ–आफ्नै पार्टीमा फर्किने र एमालेभित्र संघर्ष गर्ने उद्घोष सहित माधवकुमार नेपाल, झलनाथ खनालहरु नेकपाको अन्तिम बैठक भनेर निस्किए ।

गत फागुन २४ गतेदेखि एमालेमै फर्कियौं है भन्ने सन्देश दिएका माधवकुमार नेपाल समूहलाई तत्काल स्वागत गर्ने हतारो ओली समूहले देखाएन बरु, माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ समूहलाई अन्तिमसम्म पनि साथ दिएको भन्दै उनीहरुलाई प्राथमिकतामा राख्यो ।

जनता समाजवादी पार्टी, बादल समूहसँग छलफल गर्ने पर्याप्त समय दिएका प्रधानमन्त्री ओलीले माधव समूहलाई वास्तै गरेनन् । कार्टुनमा भनिएजस्तै माधव समूहलाई कुनै खोजखबर आएन ।

यो कुराको पुष्टि २६ गते प्रतिनिधिसभाको बैठकपछि माधवकुमार नेपालले सरकारी पक्षले आफूसँग छलफल नै नगरेको तितो पोखेका थिए ।

माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाउन पनि माग गरे । तर, ओलीले स्थायी कमिटी बैठक नभइ आफू निकटको केन्द्रीय कमिटी बैठक बोलाए । बैठकले माधव समूहले नसोचेको निर्णय गर्दियो ।

बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद खारेज मात्र गरेन, सातै प्रदेशका इन्चार्ज हेरफेर ग¥यो ।

त्यसमा ओली निकटकाको पद यथावत् रह्यो, तर माधव पक्षकाको चैट ! ओली समूहको बैठकले माओवादी केन्द्रबाट आफूसँग जोडिएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै मंसिर २ देखि ६ गतेसम्मका लागि महाधिवेशन तोकिदियो ।

शुक्रबार एमालेको संस्थापन पक्षले गरेको निर्णयले माधव पक्षलाई पेलेरै जाने मनस्थितिमा ओली रहेको थप प्रमाणित गरेको छ ।

यति महत्वपूर्ण निर्णय गरिसकेपछि चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा भने माधव समूहलाई पनि खबर गर्दिनु है भन्ने सन्देश ओलीले छाडेका छन् ।

यता, माधव पक्ष भने यो अवैधानिक हो, यसका विरुद्ध हामी संघर्ष गर्छौं भन्दै प्रतिक्रिया दिनै व्यस्त छन् । अब एमालेभित्रको अन्तरसंघर्ष थप रोचक हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४