Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीको बुर्जुवा हेडक्वाटरमा मैले बम हानेकै होः प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 6.6K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको बताउनुभएको छ ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभा पुनःस्थापना भएको भन्दैमा आफूहरू ढुक्क भएर बस्ने अवस्था नरहेको अध्यक्ष दाहालले बताउनुभयो । आफ्नै खुट्टामा नउभिइ, अरुको भरमा भोट पाउने अवस्था नरहेको बताउँदै उहाँले अब संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘आफ्नै खुट्टामा उभिउँ आफ्नै संगठन बलियो बनाउँ’ भन्ने विशेष कार्यक्रम लिएर आउन लागेको बताउनुभयो ।

‘आफ्नै शक्ति निर्माण गर्दै संगठन मजबुद बनाएर मात्र हामीले प्रतिक्रियावादीहरूलाई निस्तेज पार्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यसअघि हामी युवा संगठन बनाउन चुकेको महसुस भइरहेको छ ।’ पहिलो निर्वाचनमा एक्लै बहुमत ल्याएका आफूहरू अहिले कहाँनिर चुक्यौं भनेर समीक्षा गर्नेबेला भएको उहाँको भनाइ छ ।

आफूहरूले संघर्ष र संगठन बनाउन थालेपछि क्रान्तिकारी र गुणात्मक हिसाबले संगठन निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास लिन दाहालले कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘आफैंभित्रको शक्तिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था देखियो,’ उहाँले भन्नुभयो, ‘दुई–तीन वर्ष मेहनत गर्ने हो भने पुनः पार्टीलाई देशको पहिलो पार्टी बनाउनसक्ने ताकत हामीसँग छ ।’

पछिल्ला केही वर्षहरूमा आफूबाट भएका गल्तीहरूको आत्मसमीक्षा गर्न थालेको बताउँदै उहाँले पार्टीभित्र भएका साथीहरूलाई बढी समय दिने र बाहिरतिर नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टी छाडेर जानेहरूको लागि भन्दा आफूसँग भएका साथीहरूको विषयमा बढी सोच्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले केपी ओलीसँग कुरा गर्दा आफूलाई जति आक्रोश कसैलाई नभएको बताउनुभयो । ‘भएको सहमति लागू गर्दैनन्, सहमति लागू गर्न बिन्ती गर्नुपर्ने अवस्था थियो,’ उहाँले भन्नुभयो, ‘मेरो क्रियाकलाप देखेर ‘यत्ति हो त प्रचण्ड’ भन्ने तपाईंहरूलाई लागेको थियो होला, तर प्रचण्ड त्यस्तो होइन ।’

अध्यक्ष दाहालले अहिलेको अवस्थामा सबैभन्दा सजिलो पार्टी आफ्नो भएको दावी गर्नुभएको छ । अन्य पार्टीहरूमा दुई धार भएको अवस्थामा आफ्नो पार्टीमा एउटै भएको उहाँको भनाइ छ । उहाँले एमालेमा ओलीले मनलाग्दी गर्न खोजे माधवकुमार नेपाल र झलनाथ खनाल समूहले विरोध गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कि त माधव नेपालले एमाले कब्जा गर्ने अवस्था आउन सक्छ कि भने उहाँहरू ठूलो विद्रोहमा लाग्नुहुनेछ, विद्रोहमा हामीसँगै हुनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४