Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निजीकरण गरिएको इलाम चिया बगान र कारखाना फिर्ताको माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 6.7K
    SHARES

इलाम । निजीकरणसँगै इलाम चिया बगान र कारखाना खण्डहर भएपछि इलाम नगरपालिकाले संघीय सरकारसंग चियाबगान फिर्ताको माग गरेको हो ।

बगानमा काम गर्ने मजदूरको जागिर खोसिएको र न्युनतम ज्याला समेत दिन नसकेकाले इलाम नगरपालिकाले सरकारसँग फिर्ता गर्न माग गरेको हो । नेपाली चियाको इतिहास बोकेको चिया बगान र कारखाना निजिकरणको फिर्तापछि आफै संचालन गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख महेश बस्नेतले बताउनुभयो ।

अभ्ययन तथा अनुसन्धान गर्ने थलोको रुपमा स्थापना गर्न का लागि फिर्ता गनुपर्ने उहाँले बताउनुभयो । इलाम नगरपालिकाले पहिलो नगरसभादेखि सातौ नगरसभासम्म बिषेश प्रस्तावको रुपमा पास गरि संघीय सरकारसँग निरन्तर रुपमा निजीकरण फिर्ताको माग गर्दै आएको छ । राणा प्रधानमन्त्री जंगबाहादूर राणाले चिन भ्रमणका क्रममा उपाहार पाएको चियाको बिऊ उनका ज्वाइ गजराजसिंह थापामार्फत बिक्रिम सम्बत १९ सय २० मा इलाममा चिया रोपण भएको थियो।

चिया रोपण शुरु गरेका इलामका बडाहाकिम गजरासिंह थापाले विक्रिम सम्बत् १९३५ मा कारखाना स्थापना गरि तयारी चियाको उत्पादन शुरु गरेका थिए । बिक्रम सम्बत् २०५७ सालमा चिया कारखाना र बगान निजीकरण भएपछि उद्योगमा रहेका मेसिन औजार अन्यत्र लगिएको थियो ।

यता इलामका युवाहरुले समेत इलामको परिचय बोकेको निजिकरण भएको चिया बगान फिर्ता गर्नुपर्ने माग गर्न थालेका छन् । उहीहरुले इलामको चियाबारी इलामको पहिचान भएकाले स्थानिय तथा सरकारले त्यसको लागि निजिकरण गर्न रोक्नुपर्ने बताउँछन् ।

इलाम सदरमुकाममा रहेको इलाम चिया बगान र कारखाना एक सय २५ एकड जमिनमा फैलिएको छ । निजीकरण हुनु अघि एक सय ५० जना मजदूरले काम गरेको इलाम चिया कमानमा अहिले न्युन मजदूर मात्र रहेका छन् ।

निजिकरण गरीएपछि चिया बगानमा सुधार हुने अपेक्षा गरीएपनि त्यसो हुन सकेन बरु चियाबगान उल्टै खण्डहरमा परिणत भएपछि इलामको परिचय बोकेको चियाबगान मासिने चिन्ताले इलामेलीहरु पिरोलिएकाछन् । त्यसैले पनि यस्तो चिया बगानलाई मासिन नदिन र हराभरा बनाउनको लागि इलाम नगरपालिका आफैले यसको ब्यवस्थापन गर्न लागेको छ । स्थानीयले पनि चियाबगान मासिन थालेको भन्दै यसको संरक्षण गर्नु पर्नेमा जोड दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४