Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेयर्स कप क्रिकेटमा काठमाडौंलाई पराजित गर्दै एपीएफ फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 11.5K
    SHARES

काठमाडौं,/ विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषावकरले अर्धशतकीय इनिङ्स खेले ।

शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे ।यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए ।पवन सर्राफ शून्यमा आउट भए । काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए ।यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।

विक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए ।एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले तीन तीन विकेट लिए ।जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।

एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो ।फाइनल खेल शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४