काठमाडौं, २७ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
प्रदेश २ का विधायक मन्जुर आलम र सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहकाबीच शाखारहित बैकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् ।
सोही अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए ।
उक्त कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो ।
शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटीएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।