Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद पद गुमोस् तर ओलीको साथ छाडिन्न : ऊर्जामन्त्री रायमाझी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 3.8K
    SHARES

कास्की,/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफूहरुको सांसद पद गुमे पनि केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ ।

बिहीबार एमाले कास्कीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि पाइने बताउदै प्रधानमन्त्री ओलीको साथ कहिल्यै नछाड्ने बताउनुभएको हो ।

नेकपा विभाजन हुँदा माओवादीबाट (एमाले) ओली समूहमा मिसिनुभएका मन्त्री रायमाझीले आफूहरु सांसद पद बचाउन हिँड्ने पक्षमा नरहेको पनि बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ । विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ ।’

तर, कानुनअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लाग्दा उहाँ स्वतः कारबाहीमा पर्नुहुनेछ । यसअघि प्रचण्डसँग सहकार्य गर्न पुगेका एमालेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीमा फर्किसक्नुभएको छ ।

यसरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेर ओली पक्षमा लागेका मन्त्री रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४