Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलालाई भारत तर्फ लैजादै गरेको अवस्थामा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 4.4K
    SHARES

विराटनगर महानगरपालिका १६ का काजी तामाङ र प्रेमबहादुर मगरलाई सिमानाका बाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । काम लगाइदिने बाहानामा महिलाहरुलाई भारत तर्फ लैजान लागेको सुचना पाएपछि तामाङ र मगरलाई विराटनगर १६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जुुगल गाँउपालिका २ का २३ र ३२ बर्षका तामाङ थरका दुई महिलालाई मोरङ प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरेको हो । उनिहरुले भारतमा राम्रो काम लगाई दिने धेरै पैसा कमाइ हुने भन्दै काठमाण्डौबाट बस चढाएर विराटनगर ल्याएको बताएका छन् ।

बसको भाडा पनि अर्कैले तिरिदिएको महिलाहरुले बताएका छन् । आर्थिक अवस्था कमजोड भएका कारण कामको खोजिमा हिडेको बेला प्रलोभन देखाएर उनिहरुलाई फागुन २० गते नै विराटनगर ल्याईएको खुलासा भएको मोरङ प्रहरीका प्रबक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

महिलाहरुलाई काजीले बसपार्कबाट सिटी सफारी चढाएर होटलमा राखेको र भारत लैजानको लागि प्रेमबहादुरको सहयोग मागेरको अनुसन्धानबाट खुलेको प्रवक्ता राईले जानकारी दिनु भयो ।

महिलाहरुले भने काठमाण्डौं बाट बस चडाइदिने र विराटनगर बसपार्कमा लिन आउने कसैलाई पनि नचिनेको बताएका छन् । उनिहरुलाई मानव बेचविखनको मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुशन्धान थालिएको मोरङ प्रबक्ता राईले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४