Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिवरात्रिमा अखण्ड पूजा गरिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 12.1K
    SHARES

कैलाली, / कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ ।

यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । एक हजार आठ लड्डुको महाभोग, १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन कीर्तनसहित रात्रि जागरण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । “शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ, पानीको व्यवस्था, स्वयंसेवक परिचालन र विभिन्न उपसमिति गठन भई परिचालन भइसकेका छन्”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनासहित काम थालेका छौँ ।”

उहाँले शिव मन्दिर टीकापुर शहर स्थापना सँगसँगै स्थापना भएको हुनाले नगरवासीका लागि ऐतिहासिक महत्व रहेको बताउनुभयो । “अघिल्लो वर्षभन्दा केही फरक गरौँ भन्ने साथीहरुको मनसायले मेहनत गरेका छौँ । सबैको सहयोग आवश्यक छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “शिवरात्रि विशेष खालका अनुष्ठानहरु गर्ने पर्व हो, यस पर्र्वमा तान्त्रिक अनुष्ठान गर्नाले बिग्नबाधा हट्न जान्छ ।”

“धार्मिक क्षेत्रमा यस भेगकै प्रतिनिधित्व गर्ने संस्था भएका हुनाले यस मन्दिरकै कारण हाम्रो समाज एकढिक्का हुने अवस्था छ, यसको गरिमा बढाउन सबैले खुला हृदयबाट सहयोग गर्न जरुरी छ”, शिक्षक तथा सनातन संस्कृति प्रतिष्ठानका महासचिव चक्रपाणि भट्टराईले भन्नुभयो, “धार्मिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिर विकास र संरक्षणमा समेत स्थानीय सरकारले चासो दिएको छ । हामी त्यसका सहयात्री भएर सनातन धर्म संरक्षणमा लागेका छौँ ।”

शिवरात्रिका दिन मन्दिर परिसरमा गाँजा, भाङजस्ता लागूपदार्थ प्रयोग गरिएको खानेकुराको बेचबिखन पूर्णरूपमा बन्देज गरिने आयोजकले जनाएको छ । मन्दिरमा सभ्य तरिकाले दर्शन र पूजा गर्ने वातावरण बनाउन मन्दिर व्यवस्थापन समितिले पहल गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिकाले नगरभित्र रहेका धार्मिक क्षेत्रको संरक्षणमा लगानी बढाएको छ । “शिव मन्दिर संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्न थालेका छौँ । रु सात लाख रकम विनियोजन गरेर मन्दिरको गुरुयोजना बन्दैछ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “संस्कृति, मठमन्दिरले समाजलाई जोड्नुका साथै सही मार्ग देखाउने भएकाले प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका क्षेत्रको संरक्षण नगरपालिकाले गर्छ । हामी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।”

यसका साथै कैलालीकै टीकापुर–७ सत्तीस्थित नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको सयौँ वर्ष पुरानो पदमप्रकाशेश्वर मन्दिरको विकासमा समेत नगरपालिकाले काम थालेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४