Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्यारी र मेगनले भोगेको विभेदले राजदरबार दु:खी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 5K
    SHARES

एजेन्सी । बेलायतका पूर्व राजकुमार ह्यारी तथा उहाँकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका विषयप्रति ध्यानाकर्षण भएको बकिङ्गम राजदरबारले बताएको छ ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको वक्तव्यमा ओफ्रा विन्फ्रीसँगको अन्तरर्वार्ताका क्रममा जातिय प्रकृतिका प्रसंग निकै ‘चिन्ताजनक’ भएको भन्दै यो विषयलाई गम्भीरतापूर्वक लिइएको जनाइएको छ ।दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसंगबारे भिन्नभिन्न सम्झना रहेको भए पनि ती विषयलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ ।

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन् ।ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन् ।

दरबारले मेगन र ह्यारी सधैं ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ ।पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ ।

शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसंग पारिवारिक मामिला भएको र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ ।राजदरबारको यो पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको संकटबारे शाही परिवारका वरिष्ठ सदस्यहरूको बैठकपछि आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४