एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितको वार्तामा जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी रहेका छन् ।
डा.शिवमाया तुम्वाहाङ्फेले अघिल्लो वर्ष राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ । उपसभामुख संवैधानिक परिषदको सदस्य पनि भएकाले महत्वपूर्ण पद हो ।
सभामुख र उपसभामुख एकै दलको हुन नहुने कारण नेकपाले उपसभामुख कसैलाई दिएको थिएन । अहिले नेकपा एमाले र माओवादी भइसकेकाले माओवादीका सभामुख भएका बेला एमालेको उपसभामुख अघि सार्न सकिन्थ्यो ।
तर जसपासँग प्रदेश सरकारदेखि संघीय सरकारसम्म सहकार्य गर्नुपर्ने भएकाले उपसभामुख उसलाई दिन लागिएको हो ।