Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतको फैसलाले हाम्रो पार्टीको साख बढाइदिएकाे छ : नेकपा अध्यक्ष कट्टेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 2.7K
    SHARES

‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको उन्मादमा उनीहरू आफैंले बनाएको संविधान र कानुन विपरित निरंकुश सर्वसत्तावाद लाद्न खोजेका थिए । संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरू योजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ,’ कट्टेलद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘यसले समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्टिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको छ । पार्टीको साखमा वृद्धि गरेको छ । नीति, विचार, सिद्धान्त थप प्रचारित हुने मौका पाएको छ । सारमा इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको छ ।’

उनले कमरेड पुष्पलालले २००६ सालमा स्थापना गर्नुभएको र २०२५ सालमा पहिलो पुनर्गठन गर्नुभएको तथा २०६९ सालमा दोश्रो पुनर्गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी  नेपाली कम्युनिष्ट आन्दोलनकाे पुरानाे पार्टीकाे धार रहेकाे दाबी गरेका छन् । यतिबेला नेकपा एमाले र नेकपा माओवादी दुई उग्रवाम, दक्षिणपन्थी अतिवादी कोण र मध्यपन्थी छद्म क्रान्तिकारी अवसरवादबाट पारिएका भ्रमहरूलाई चिर्दै विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै संयुक्त जनआन्दोलन, जनविद्रोह र बल प्रयोगको समायोजनबाट वर्तमान सामन्ती दलाल नोकरशाही पूँजीवादी राज्यसत्तालाई विस्थापित गरी नयाँ जनवादी गणतन्त्र स्थापना गर्न नेकपाले निरन्तर संघर्ष गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४