काठमाडौं,/ सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।