Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् गाली बेइज्जती मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 3.8K
    SHARES

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गर्नुभएको छ । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उहाँले गाली बेइज्जतीको मुद्दा दर्ता गर्नुभएको हो ।

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताउनुभयो । ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ उहाँले भन्नुभयो, ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’

ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाउनुभएको थियो । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत माग्नुभएको थियो ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गर्नुभएको हो । ओलीको लगाएको आरोप पुष्टि भएमा पन्त मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

तर, ओलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४