Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गिनीमा भएको विस्फोटमा परेर मृत्यु हुनेको संख्या ९८ पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विस्फोटमा ४ सय २० जना बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विस्फोट भएको बताइएको छ । विस्फोटलगत्तै धुवाँको मुस्लोसहित धेरै व्यक्ति हताहत भएका थिए ।

फोहोरको थुप्रोबाट समेत घाइतेहरुको उद्दार गरिएको छ । कतिपय मानिसले भने धुवाँको मुस्लो देखेसँगै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको बताइएको छ । सरकारी अधिकारीहरुले अनुमान गरेभन्दा बढी मृतक भएको हुनसक्ने बीबीबसीले जनाएको छ ।

गम्भीर घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । अस्पतालमा अत्याधिक चाप परेको बताइएको छ । विस्फोटलगत्तै शहरक अधिकांश निजी तथा सरकारी भवनहरु क्षतिग्रस्त भएका छन् ।

विस्फाटलगत्तै विपत्ती आएको भन्दै स्पेन, फ्रान्स र अमेरिकाल आपतकालीन सहयोगका लागि इक्वेटोरियल गिनीले आग्रह गरेको छ । सन् १९६८ मा स्पेनबाट स्वतन्त्र भएको इक्वेटोरियल गिनी अफ्रिकाको एक मात्र स्पेनिस भाषा बोल्ने देश हो ।

सन् १९७९ देखि सत्तामा रहेका राष्ट्रपति ओबियाङ निगमेमा बारम्बार मानवअधिकार उल्लंघनका घटनामा संलग्न भएको भन्दै विवादमा आउने गरेका छन् । तेल र ग्यासमा धनी रहेपनि सो मुलुकका ७६ प्रतिशतभनद बढी जनसंख्या गरिबीको रेखामूनि रहेको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४