Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदबाट छुट्टी पाए ज्येष्ठ नागरिकको भत्ता पाइने उमेर भएछ– प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई लगाउने कोरोनाविरुद्धको पहिलो खोप आफूबाट लगाउन सुरु भएपछि ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर भएको थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पेन्सन सेन्सर जागिर केही छैन, सांसदबाट छुट्टी पाइयो भने ज्येष्ठ नागरिक भत्ता पाइने उमेर भएछ भन्ने थाहा भयो ।’

उहाँले ज्येष्ठ नागरिक भएर कोरोनाविरुद्धको खोप लगाउनु रमाइलो कुरा नभएको बताउनुभयो । ‘हिजो मैले ज्येष्ठ नागरिकहरुले लगाउने खोपको सुरुवात गरेँ, मन अलि चिसो हुने कुरा हो,’ उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक भएर पहिलो खोप लगाउनु भनेको रमाइलो कुरा होइन, तर पनि मैले खोप लगाएर सुरु गरेँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४