Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छ : सुजाता कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 8K
    SHARES

नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफलमा उहाँले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गर्नुभयो । उहाँले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिनुभयो ।

नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, अधिवक्ता विष्णु बस्याल र लैङ्गिक विशेषज्ञ डा ज्योति तुलाधर, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति बेल्जियम अध्यक्ष सीता सापकोटा, अन्तरराष्ट्रिय साहित्य समाज पोर्चुगलका अध्यक्ष विनोद धिमाल जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली नारी समाज पोर्चुगलका संस्थापक अध्यक्ष सीता बरालले महिला दिवसमा महिला हकअधिकारमा गोष्ठी मात्रै नभही नामको मात्रै नभई साच्चिकै महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विचार राख्नुभएको थियो । समाजका कार्यवाहक अध्यक्ष मिना माया खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता श्रेष्ठले गर्नुभएको थियो ।

यसैगरी एक सय एघारौँ अन्तरराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा नेपाली महिला समाज पोर्चुगलले महिलाका लागि ‘कानूनी परामर्श’ विषयक एकदिने प्रशिक्षण तथा अन्तक्र्रिया आयोजना ग¥यो । कार्यक्रममा वरिष्ठ कानूनविद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल वर्तमान समयमा नेपाली महिलाले भोग्नुपरेको समस्या र कानूनी प्रावधानको अवस्थाबारेमा जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले नेपाली महिला राज्यले दिएका आरक्षणको मुख ताक्ने होइन आफ्नो ठाउँबाट आफ्नो सक्षमता प्रदर्शन गर्दै हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाउनुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष निर्मला खराल ढकालको अध्यक्षतामा भएको कार्यक्रम एनआरएनए अध्यक्ष तिलक गैरे, एनआरएन आइसिसी सदस्य रामशरण सिमखडा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बू पत्रकार महासङ पोर्चुगल सहसंयोजक राजकुमार थापा, जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा सेर्पा केदुङ पोर्चुगलका अध्यक्ष निल्हुम सेर्पा, किराँत चुम्लुङ याक्थुङ पोर्चुगलका अध्यक्ष दिपा लिम्बू र जनप्रगतिशील मोर्चा टङ्क खड्का कार्यक्रममा सफलता शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४