Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकातिर महिला दिवस अर्कोतिर महिला हिंसा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 5.8K
    SHARES

चितवन । आज १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस र राष्ट्रिय नारी दिवस मनाइरहँदा स्वयम् नारीहरु नै गम्भीर प्रकृतिका फौजदारी र घरेलु हिँसाबाट पीडित हुने गरेका छन् । चितवन जिल्ला शिक्षित र वौद्धिक वर्गहरुको बसोवास गर्ने स्थानको उपमा पाएपनि यही जिल्लामा नारीहरुलाई गरिने व्यवहारमा सकारात्मकता आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको फागुन १२ सम्ममा मात्रै चितवनमा ६९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेको छ । जसमा खान लाउन नदिएको भन्दै २२ वटा, कुटपिट भयो भनी २९ वटा र गाली बेइजति भएको भनी १८ वटा उजुरी दर्ता भएका छन् ।

जसमा जबरजस्ती करणीमा ३४, जबरजस्ती करणी उद्योगमा ५, बहुविवाहमा ११ र बालयौन दुराचारमा ५ वटा मुद्दा दर्ता भएको छ । जिल्लाको दुरदराजको ठाउँमा भन्दा भरतपुर महानगरमा यी घटना धेरै हुने गरेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डिएसपी सूर्य थापाले महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरु बढी भएको देखिने बताउनुभयो । सबै शिक्षित भएपनि हिंसाका घटना बढेको पाइने उहाँको भनाई छ ।

दिवसमा आफ्नो अधिकार स्थापित गर्न नयाँ सोचमा बहस गर्नुपर्ने भएपनि नारीमाथि भइरहेको अत्याचारकै विषयमा अझै घोत्लीनु परेको छ । कानूनले महिला र पुरुष बरावरी हो भनेपनि व्यवहारमा त्यो पाइदैन । संविधानले दिएको अधिकार कति कार्यान्वयन भयो कति भएन भन्ने अध्ययन गर्ने काम सरकारको हो तर सरकार सत्ताको खेल र कुर्चीको दौडमा भएकाले पनि घटना बढिरहेको बताउनुहुन्छ अधिवक्ता फूलमाया रानाभाट ।

‘हामी खुशी छैनौ हाम्रो देशमा महिलाको हकमा कुरा गर्दा महिलाहले प्राप्त गर्नुपर्ने हक अधिकार पाउन सक्नु भएको छैन,’ अधिवक्ता, फूलमायाँ रानाभाटले भन्नुभयो ‘समानताको हक को कुरा गर्दा महिलालाई जातजाति, धर्म, लिङ्का आधारमा विभेद गर्न नपाइने कानुन बनाईको छ ।’

हिँसाबाट पीडित महिलाहरुको आवाज समयमै सुन्न र समाधान गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा महिला वालावालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रनै स्थापना गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा रहने यो केन्द्रले अदालत नपुर्याउँदै घरेलु हिँसालाई त्यहीबाट समाधान गरेको छ । डिएसपी, सूर्य थापाले केही त्यस्ता उजुरीहरु परेपनि अदालतसम्म नगई मिलाएर पठाउने गरेको बताउनुभयो ।

महिलाहरुमा आएको शसक्तिकरण,कामको बोझ, बेरोजगार,घरवाहिर राखिने अनैतिक सम्वन्ध,घरेलु आर्थिक समस्या,एक अर्कालाइृ गर्ने सहयोगको भावना हराउँदै जाने आदि कारणबाट सृजना हुने समस्याले हिँसा बढाउँछ ।

‘सम्बन्धलाई मिलाउन सकेनौ भने भने छोराछोरीलाई असर गर्छ,’ रानाभाटले भन्नुभयो ‘म कहाँ आउने केस हरुमा श्रीमान् वा श्रीमती जसको हेरेको छु, दुबैलाई बोलाएर काउन्सिलिङ गर्ने गरेको छु।’

दिवसको दिन मात्रै महिला हिंसा र पीडामा परेको कुरालाई जोड दिइन्छ । तर जव दिवस सकिन्छ अनि फेरि हिँसा र अत्याचारका घटना हुन सुरु हुन्छ । कानूनमा कडाई गरेपनि यसको प्रभावकारी कार्यान्वयन र बदलिदो अहिलेको परिवेशमा सामाजिक तथा नैतिक चेतनाको स्तर बृद्धिका काम गर्न नसक्दा सम्म समस्या समाधानमा कठिन देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४