सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले मेलम्चीको पानी उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले काँग्रेसका नेता किसुनजीको नामै नलिनु दुखद भएको बताउनुभयो ।मेलम्चीको जन्मदाता किसुनजी भएको भन्दै मेलम्चीको पानी उद्घाटन कार्यक्रममा नामै नलिनु किसुनजी र सिंगो कांग्रेसको अपमान भएको उहाँले बताउनुभयो ।
आइतबार सुकुटेमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कांग्रेसले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउने बस्नेतले दावी गर्नुभयो ।पार्टीले नै सालिक बनाउँछ उहाँले भन्नुभयो, नभए कांग्रेस खेलकुद विभागले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउँछ ।
मेलम्चीको पानी काठमाण्डौं लैजाने भन्दै किसुनजीकै पालामा मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो ।काम सुरु भएको २२ वर्षपछि काठमाडौंले मेलम्चीको पानी पाएको छ ।