Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अन्यौलमा, अनिर्णत कांग्रेसतिर दाहाल नेकपाको नजर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 3.9K
    SHARES

काठमाडौं,/ सर्वोच्च अदालतबाट पुनर्जिवित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास सफल नहुने भएको छ ।

नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध आज बस्ने बैठकमै अविश्वास प्रस्ताव ल्याउन खोजेपनि नेपाली कांग्रेसले निर्णय नदिँदा अन्यौल भएको हो ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव ल्याउने चेतावनी बारम्बार दाहाल–नेपाल पक्षले दिइरहेको भए पनि त्यो सम्भावना टरेको हो ।

संसद सचिवालयबाट परिवर्तित कार्यसूची अनुसार पनि अब आइतबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने छैन ।

खासगरी दाहाल–नेपाल नेकपा, कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सघाउनेमा विश्वस्त थिए । तर संसद बैठक बस्नु अगाडी त्यस्तो सम्भावना नदेखिएपछि आजको बैठकमा यससम्बन्धि कार्यसूची नराख्न दाहाल–नेपाल पक्षले सभामुखलाई सुझाएको बताइएको छ ।

आफूपक्षीय नेताहरुसँगको छलफलपछि सभामुख अग्नि सापकोटासँग पुष्पकमल दाहाल–माधव नेपाललगायत नेताहरुले छलफल गर्नुभएको थियो ।

नेपाली कांग्रेसमा ओलीलाई हटाउने भन्नेमा एकमत देखिए पनि तत्काल देउवालाई प्रधानमन्त्री बनाउनेमा सहमति बनेको छैन । खासगरी आगामी भदौंमा सम्पन्न हुने महाधिवेशनअघि देउवालाई प्रधानमन्त्री बनाउँदा महाधिवेशन प्रभावित गर्नसक्ने भय रामचन्द्र पौडेल पक्षधरहरुमा भएकाले कांग्रेस निर्णयमा नपुगेको हो ।

पौडेल पक्ष तत्काल दाहाललाई प्रधानमन्त्री बनाउन र एक वर्षपछि चुनावी सरकारको नेतृत्व देउवालाई दिने गरी सहमति गर्न तयार देखिन्छ ।

यही अन्यौलका कारण प्रधानमन्त्री ओलीलाई आफूविरुद्ध आउने अविश्वासको प्रस्तावलाई निरस्त्र गर्ने रणनीति बनाउन मौका पनि मिल्दै गएको छ ।

अर्कातिर कांग्रेसमा नेकपा कानुनी रुपमा दुई टुक्रामा विभाजित नहुँदासम्म कुनै एउटा पक्षलाई साथ दिन नहुने भन्नेहरुको मत बढी रहेको छ ।

नेकपा दाहाल–नेपाल पक्ष भने अविश्वास प्रस्ताव राख्दा नै कांग्रेस नेता देउवाको नाम भावी प्रधानमन्त्रीका रुपमा राख्न सहमत देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४