Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतमा कोरोनाका कारण थप २ जना नेपालीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 6.1K
    SHARES

काठमाडौं, फागुन २३ । कोरोना भाइरस (कोभिड–१९)का कारणले विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता निधन भएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् ।शनिवार साँझसम्म ३४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ ।हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो ।

हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा ३ हजार १० जनाको निधन भएको छ ।नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६ सय ८ जना भने २ लाख ७० हजार ७ सय ७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

कुन–कुन अवस्थामा ज्येष्ठ नागरिकले खोप नलगाउने वा विशेष सतर्कता अपनाउने रुनेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन् ।विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन् ।विश्वभर हालसम्म २८१ मिलियन मानिसले खोप प्राप्त गरिसकेका छन् ।

कोरोना भाइरस विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइड लगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ ।विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ ।खोप आफ्नै लागि लगाउने हो त्यसैले पनि मनमा कुनै द्विविधा नराखीकनै खोप लगाउनुहुन अनुरोध गर्न स्वास्थ्य समितिले आग्रह गरेको छ ।

यस बाहेक ज्येष्ठ नागरिकले विभिन्न अवस्थामा खोप लगाउनु हुँदैन वा विशेष सतर्कता अपनाउनु जरुरी छ ।जस्तै, कुनै खोप, औषधि, खाना आदिको एलर्जी भएका व्यक्ति, स्टेरोइड वर्गका हाइ डोज औषधि सेवन गरेका व्यक्ति, हृदयाघात भएर वा मुटुको समस्या भएर रगत पातलो बनाउने मल्टिपल औषधि सेवन गरेका व्यक्तिलाई खोप लगाउन सिफारिस गरिदैँन वा लगाउनका लागि स्वास्थ्य विज्ञको परामर्श आवश्यक पर्छ ।

मस्तिष्कको रोग भएका वा स्नायू सम्बन्धि स्वास्थ्य समस्या भएका, सिकल सेल एनेमिया, प्लेटलेट्सको कमी, रक्तश्राव भइरहने वा रगत जम्ने प्रक्रियामा खराबी भएका तथा एकपटक गम्भीर कोभिड १९ लागेर थला परेका व्यक्तिलाई पनि खोप लगाउँदा सावधानी अपनाउनुपर्छ ।

३ महिनायता अप्रेसन गरेका व्यक्ति, सिकिस्त बिरामी, ८० वर्षभन्दा माथिका अशक्त दीर्घरोगी, गम्भीर मानसिक स्वास्थ्य समस्या भएका तथा २ महिना यता हेपाटाइटिस बी लगायतका खोप लगाएका व्यक्तिलाई पनि खोप लगाउनुअघि आफ्नो रेगुलर स्वास्थ्य विज्ञसंग सल्लाह गर्न सिफारिस गरिन्छ ।

हाल रुघाखोकी, ज्वरो, सास फेर्न गाह्रो भएका र कोरोना निको भएको २८ दिन नपुगेका व्यक्तिले खोप लगाउनु उचित मानिदैँन ।

क्यान्सरको उपचार गराइरहेका बिरामी, एचआइभी संक्रमित जसले कडा खालका औषधी सेवन गरिरहेका व्यक्ति, मिर्गौला तथा बोन म्यारो प्रत्यारोपण गरेका व्यक्ति, गम्भीर दम भएका व्यक्ति, डाउन सिन्ड्रोम भएका व्यक्ति र थाल्सेमिया वा बाथ भएका व्यक्तिलाई पनि खोप नलगाउन तथा लगाउनु परे स्वास्थ्य विज्ञसँग परामर्श गरेर मात्रै खोप लगाउन अनुरोध छ ।

खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ ।झोलिलो खाने, ज्वरो आए वा शरीर दुःखे पारासिटामोल खाने तथा केही गाह्रो भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।र आफूले सेवन गर्दै आएका औषधी पनि नियमित रुपमा सेवन गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४