काठमाडाैँ, / प्रतिनिधिसभाको बैठकमा नेकपाका सबै सांसदहरू सत्तापक्ष दलकै सिटमा नै बस्ने भएका छन् । अनाैपचारिक रूपमा नेकपा विभाजित देखिँदा प्रचण्ड-माधव समूह तर्फका सांसद सत्ता पक्ष वा विपक्ष कुन सिटमा बस्ने भन्ने सर्वत्र चासाे भइरहँदा संसद सचिवालयकै साविकजस्तै सत्तापक्षकै सिटमा बस्ने व्यवस्था मिलाएकाे हाे ।
नेकपाको विभाजन औपचारिक रुपमा नै नभएको भन्दै संसद सचिवालयले नेकपाका सबै सांसदहरुलाई सत्तापक्षकै सिटमा राख्ने व्यवस्था मिलाएको हो । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आफ्नो अनुकुलताका आधारमा नेकपा सांसदहरु तोकिएको स्थानमा बस्न सक्ने जानकारी दिनुभयो ।
त्यस्तै उहाले नेकपाको दुवै पक्षबाट सचेतकको पत्र पठाएकाले पत्रका आधारमा हालका लागि दुवै पक्षका सचेतकलाई सेवा उपलव्ध गराइएको बताउनुभयो ।
त्यस्तै उहाले संसद बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।