चितवन, / चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन ।
शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं। ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका थिए ।
चितवन राईस मिल समितिको चलानी पत्र भित्र एक सय घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।
चालकले साथमा सवारी चालक अनुमती पत्र नरहेकोले मिलाइदिनु प-यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।