Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २२ २०७७
  • 9.6K
    SHARES

दार्चुला । जिल्लाको लेकम गाउँपालिका–६ .उचाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका–६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको हो । शैल्यशिखर–८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी शैल्यशिखर–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, पदमराज पन्तका छोराहरु १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४