Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले भाेलि कोरोनाविरुद्धको खोप लगाउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २२ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(आइतबार) कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पतालमा पुगेर कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको हो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुहुने बारे जानकारी दिनुभएको हो ।

त्यसैगरी भोलि नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगायत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरीकाले जनतासम्म लैजाने गरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताउनु भयो ।

सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४