Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो ।

सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

पुनःस्थापित संसदको बैठक यही फागुन २३ गते अपराह्न चार बजे बस्दै छ । यसअघि नै कांग्रेसले आफ्ना सांसदहरुलाई पुनःस्थापित संसद बैठक नबसेसम्म काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइसकेको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको कांग्रेसले संसद पुनःस्थापनापछि नेकपाका दुई खेमामध्ये कसलाई साथ दिने भनेर स्पष्ट निर्णय गरिसकेको छैन । बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पनि विनानिष्कर्ष टुंगिएको थियो ।

नयाँ सत्ता समीकरणमा कांग्रेस निर्णायक अवस्थामा छ । प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए पनि ओली पक्ष सो प्रयासलाई असफल बनाउने रणनीतिमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४