Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 10K
    SHARES

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै थापाले अब बल कांग्रेसको कोर्टमा आएको बताए ।

पार्टीले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले अब शुरु हुने संसद अधिवेशनले नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औंल्याए ।

सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेर संसद पुनस्र्थापना गरिदिए पनि अब ७६ (७) अनुसार विघटन हुने र ताजा जनादेशको विकल्पमा जानुपर्ने उनको तर्क छ ।

नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने उनले औंल्याए । ‘अहिले मुलुकसामु दुईवटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता निम्ताउने र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने,’ उनले भने, ‘कांग्रेसले दोस्रो विकल्पलाई रोज्नुपर्छ ।’ अध्यक्ष थापाले अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य कांग्रेसले लामो समयसम्म चुकाउनुपर्ने तर्क गरे ।

सर्वोच्चको फैसलापछि मुलुकमा अस्थिरता निम्तिने संकेत देखिएको भन्दै उनले यसले प्रजातान्त्रिक प्रणालीलाई पनि कमजोर बनाउने जिकिर गरे । ‘जनताले शान्ति र स्थिरताका निम्ति नेकपालाई म्याण्डेट दिएका हुन्, तर नेकपा कुर्सी र सत्ता कब्जाको खेलमा लागेर जनतालाई धोका दियो,’ थापाले भने ।

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य कदम भएको बताउँदै हतियार तत्काल बुझाउनुपर्ने बताए । ‘विप्लवसँग वार्ता र सहमति सकारात्मक र स्वागतयोग्य छ अब हतियार बुझाउने काम तत्काल हुनुपर्छ,’ अध्यक्ष थापाले भने, ‘संविधानले आफ्ना एजेण्डा स्थापित गर्ने ठाउँ दिएको छ, विद्रोहमा जान आवश्यक थिएन ।’

पत्रकारको प्रश्नमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै त्यसबारे पार्टीले निर्णय लिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४