Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश २: ६ महिनामा दुर्घटनामा परेर ३ सय ३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 4.6K
    SHARES

बारा । प्रदेश २ को राजमार्गमा दैनिक सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या बढेको छ ।

५० वर्षअघि निर्माण भएको प्रदेश २ मा रहेका महेन्द्र राजमार्ग र भारत सरकारको सहयोगमा निर्माण गरिएको त्रिभुवन राजपथमा सामान्य बिस्तारसमेत नगरेपछि दुर्घटना बढेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कार्यालयको तथ्यांक अनुसार प्रदेश २ मा गत वर्ष १३ सय ४० सवारी दुर्घटना भएको छ भने चालु आर्थिक वर्षको ६ महिनामै दोब्बर २४ सय ३५ सवारी दुर्घटनामा परेका छन् ।

त्यसैगरी गत वर्ष ४ सय २० जनाको मृत्यु भएको थियो भने चालु वर्षमा ३ सय ३ जनाको मृत्यु भइसकेको छ भने करीब ४ हजार गम्भीर र सामान्य घाइते भएका छन् ।

ट्राफिक प्रहरीका प्रदेश प्रमुख हिमालय श्रेष्ठले सडक पुर्वाधार, चालकको लापरवाही र राजमार्गमा चल्ने सवारी साधनको नियमित चेक जाँच नहुनाले प्रदेशमा बढदो सवारी दुर्घटना हुने गरेको बताउनुभयो ।

चालकले मादक पदार्थ, लागु औषध सेवन गरी सवारी चलाउने र ट्रिप भत्ता बढी पाउने लोभमा अत्याधिक भार बोकी तीब्र गतिमा सवारी साधन चलाउँदा चालकले नियन्त्रणमा लिन नसक्दा सडक दुर्घटना र मृत्यु बढेको ट्राफिक प्रहरीको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४