सरकार र विद्रोही नेत्र बिक्रम चन्द नेतृत्व समूहविच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव ‘विप्लव’ आज सार्वजनिक हुनु भएको हो । यससँगै विप्लवको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ ।

महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैहुनुहुन्छ ।उहाँ आज बसबाट काठमाडौ आउँदै हुनुहुन्छ । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि विप्लवले अस्वीकार गर्नु भएको स्रोतले जनाएको छ ।
