Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘झापा आन्दोलन’को ब्याज खाएका प्रधानमन्त्री सहकर्मीका दुख समेत सुन्दैनन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 7.8K
    SHARES

काठमाडौं । झापा आन्दोलन भएको ४८ वर्ष पुगेको छ । तर, झापा आन्दोलनका अगुवाहरुको अवस्था भने दयनीय छ । आन्दोलनमा एकसाथ लागेका नेकपाका धेरै नेताले सरकार चलाए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बागडोर सम्हालिरहनु भएको छ । तर आन्दोलनका सहयात्रीहरु भने खान बस्न, औषधोपचार गर्नसमेत नसक्ने अवस्थामा छन् ।

झापा आन्दोलनले नै प्रधानमन्त्री ओलीलाई राजनीतिमा नयाँ उचाइ दिएको हो । १४ वर्ष जेल बसेको भनेर बेला-बेला भाषणमा भन्दै आउनुभएका ओली झापा आन्दोलनको ब्याजले अहिलेसम्म राजीनितमा सफल हुनुहुन्छ । सहानुभूति बटुल्न सफल हुनु भएको छ ।

तर, सहयात्री, सहकर्मीहरुको अवस्थामा उहाँलाई केही चिन्ता छैन् । झापा आन्दोलनमा सक्रिय दुर्गा अधिकारी, शरदलाल धिमाल, दधिरा उप्रेती र चन्द्रवीर ल्वागुनहरु रोग र भोकको तापले पीडित छन् । आन्दोलनमा सहभागी धेरैले विभिन्न कारण ज्यान गुमाइसकेका छन् ।

आन्दोलनका क्रममा जेलमा परेर प्रहरीको कुटाइले थिल थिलो भएका उनीहरुको शरीरले न भनेजस्तो उपचार नै पाएको छ न खुशहाल जिन्दगी नै । भाग्यले बाँचेका उनीहरु भाग्यलाई नै दोष दिएर बाँचिरहेका छन् ।

सँगैका सहकर्मी गाडी लिएर दलबलसहित हुँइकिदा माटोका धुलोहरु अनुहार भरि पर्छन् तर ती दुखित अनुहारका दुखका पहाडहरु बिसाउने सारथी भने प्रधानमन्त्री ओली अझै बन्न सक्नुभएन ।

ओलीकोमा गएर दुख नबिसाएको होइन दुर्गा अधिकारीले भन्नुभो, ,गर्छु गर्छु भन्नुभयो कहिल्यै गर्नुभएन ।, सहयोद्धाहरु राधाकृष्ण, सीपी मैनाली, झलनाथ खनाल, वामदेव गौतमलाई पनि सहयोगको याचना गर्नुभयो तर कसैले सहयोग नगरेको उहाँको गुनासो छ । उहाँ अहिले काठमाडौंमा उपचाररत हुनुहुन्छ । युरिक एसिड, सुगर, बाथ र दमले वर्षैदेखि दुख दिइरहेको छ । आन्दोलनका बेला दिएको यातनाको घाउ बल्झिएपछि ऋण खोजेर अधिकारी उपचार गराइरहनु भएको छ ।

ओली नेकपा अध्यक्ष भएपछि भक्तपुर बालकोट निवासमा झापा विद्रोहसँग जोडिएका नेता तथा कार्यकताको भेला थियो । त्यहाँ ओलीले झापा आन्दोलनमा सहभागी नेता कार्याकर्तालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । तर त्यो अहिलेसम्म पूरा नभएको पीडित बताउँछन् ।

आन्दोलन गर्ने दुइ चार जना राजनीतिमा हिरो बन्ने प्रवृत्ति पुरानो हो । तर, देशका कम्युनिष्ट आन्दोलनको जग बसाल्ने, आन्दोलनको जग खन्नेहरुको आँसुले के कम्युनिष्ट आन्दोलनलाई अघि बढ्न देला त ?

हुन त जति पनि कम्युनिष्ट या अन्य दल ती सबै रगतको पोखरीमा पौडिएर राजनीतिमा आएका छन् । तिनले बोकेका मुद्दा भने सत्ताको भर्याङ चढ्दै गर्दा उक्लिनै नसकेर फेरि भूईमा नै बजारिन्छन् ।

ती मुद्दाहरुको सम्बोधन गरेर शान्ति अमनचयन कायम गर्नु र देशलाई समृद्ध बनाउनु सबैको जिम्मेवारी हो । तर यसमा भने दल र तिनका नेतृत्व चुकेको छ ।

झापा आन्दोलन मात्रै होइन तत्कालीन् माओवादी सशस्त्र द्वन्द्वमा पनि धेरैले ज्यान गुमाउनुपर्यो । शनक र शंकाका भरमा धेरै काटिए, मारिए, गोली ठोकियो । तर तिनको बलीदानी सीमित व्यक्तिलाई सत्तामा पुर्याउन मात्रै भएको छ । मारिएकाहरुको परिवारको जीवन कष्ठकर छ । कोही वास्ता नै गर्दैनन् । अझ द्वन्द्वमा घाइते हुनेहरु थप कष्टपूर्ण जीवन बाँचिरहेछन् ।

हिड्न लाग्दा सारथी चाहिने र गन्तव्यमा पुगेपछि त्यो बिर्सने पुरानै बानी हो । त्यसमा केपी ओली थपिए के नौलो भयो र ? तर देशका लागि लडेका हर कोहीलाई गाँस, बाँस, कपास र स्वास्थ्योपचारको व्यास्था गर्नु सरकारको दायित्व हो ।

के हो झापा आन्दोलन
२०२८ तिर छिमेकी देश भारतको पश्चिम बङ्गालको राज्यको नक्सलबारीम चारु मजुम्दारको अगुवाइमा किसान विद्रोह अर्थात नक्सालबारी आन्दोलन भयो ।

त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि आन्दोलन चलाईयो। पञ्चायत सत्ताविरुद्ध उठेको क्रान्ति अन्ततः सिंगो मुलुकमा भुसको आगो झै सल्कियो ।

झापा विद्रोहमा धेरै निमुखा किसान होमिए । कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिक हत्या पनि गरे। यो आन्दोलन हुने खाने र हुँदा खाने वर्गबीचको द्वन्द्व थियो ।

आन्दोलनको दौरान धेरै समातिए । धेरै जेल परे । सुरुमा पूर्वकोसी प्रान्तीय कमिटिबाट विद्रोह गरेका राधाकृष्ण मैनाली, बीचमा केपी ओली र त्यसपछि लामो समय सीपी मैनालीको नेतृत्वमा हिंसात्मक आन्दोलन भयो ।

‘वर्गशत्रु खतम अभियान’ चलाईयो । अभियानका क्रममा आठ जना जमिन्दार मारिएका थिए । भने धेरै आन्दोलनमा सहभागीहरुले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४