Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोलार्डले हाने एकै ओभरमा ६ छक्का


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 2.7K
    SHARES

काठमाडौं । वेष्ट इन्डिजका काउरन पोलार्डले टी-२० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।श्रीलंका विरुद्धको पहिलो टी-२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा पोलार्डले छक्काको वर्षा गराए ।पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी-२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।यस्तै एभिन लेविसले २८ र लेन्डल सिमोन्सले २६ रन जोडे । ज्यासन होल्डर २९ रनमा अविजित रहे ।

श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।यस्तै डी सिल्भाले पनि ३ विकेट लियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।श्रीलंकाका पाथुम निशनकाले ३९ र निरोशन डिक्वेलाले ३३ रन बनाए । वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए ।यस जितपछि तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४