Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 6.9K
    SHARES

२०७७ फागुन २० गते, बिहीवार, ४ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, षष्ठी तिथि, विशाखा नक्षत्र, चन्द्रराशि– तुला।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवेश रमाइलाे देखिए पनि चिन्ताले मन पिराेलिनेछ। मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारले फजुल खर्च निम्त्याउला। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

छोटो समयमा उपलब्धि हातलागी हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तार्किक क्षमता बढ्नेछ। प्रयत्न गर्दागर्दै पनि केही कमजोरी फेला पर्नेछ। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। अपेक्षित लाभ नभए पनि पछिका लागि लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। तत्कालको मात्र फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ। नाम, दाम र इनाम हातलागी हुनेछ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ। 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले फाइदा दिलाउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। 

#  नेपाली पात्रोबाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४