Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 3.4K
    SHARES

काठमाडौं जिल्ला अदालतले पौडेलकी छोरीलाई दियो सफाइ


काठमाडौं / काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ ।

केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएकाले पौडेललाई आजीवन काराबारको सजाय सुनाएको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

उक्त घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भनी अदालतले सफाइ दिएको छ ।

गोंगबुको गणेशस्थान नजिक गत साउन २५ गते दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको थियो । कल्पना मुडभरी पौडेलको कोठामा गएका बोहराको राति हत्या गरी टाउको र खुट्टा एउटा झोला र जीउ सुटकेसमा राखेर सडकको छुट्टाछुट्टै स्थानमा फालिएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले कल्पना र उनकी छोरीलाई पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४