Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच खेलको टी–ट्वान्टीमा अस्ट्रेलियाको पहिलो जित, एउटै खेलाडीले लिए ६ विकेट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 3.7K
    SHARES

एजेन्सी । अस्ट्रेलिया र न्यूजिल्याण्डबीचको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अस्ट्रेलियाले ६४ रनले जितेको छ । जितका लागि २ सय ९ रनको विजय लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.१ ओभरमा सबै विकेट गुमाए खेल अस्ट्रेलियालाई सुम्पिएको हो ।

न्यूजिल्याण्डका लागि मार्टिन गुपटिलले ४३, डेभोन कोन्भे ३८, मार्क चापम्यान १८, ग्लेन फिलिप्स १३ र केली जेमिसनले ११ रन लिए । बाँकी खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ अस्ट्रेलियाका एस्टोन अगर एक्लैले ६ विकेट लिँदा रिले मिरेडिथले २ विकेट लिएका थिए ।

त्यसअघि टर हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेले ७०, एरोन फिन्चले ६९ र जोन फिलिप्सले ४३ रन बनाए । न्यूजिल्याण्डका इस सोधीले २ विकेट लिँदा टीम साउथी र ट्रेन बोल्टले एक–एक विकेट लिएका थिए ।

न्यूजिल्याण्डको भ्रमणमा रहेको अस्ट्रेलियाको टोलीले पाँचमध्ये तीन खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट खेलिसकेको छ । पहिलो र दोस्रो खेल घरेलु टोली न्यूजिल्याण्डले जितेको थियो । अब अर्को खेल शुक्रबार दिउँसो ११ः४५ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४