Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक रहेको भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 3.3K
    SHARES

काठमाडौं,/ सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।

दुबै पक्षले बैठकमा आ–आफ्नो विषय प्रवेश गराएका छन् । आज औपचारिक शुरुवात बाहेक अरु विषयमा छलफल नभएको बताइएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक रहेको जानकारी दिनुभयो ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई था विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने सहभागी हुनुहुन्थ्यो ।

सरकारले मंगलबार मात्र गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि विश्वकर्माको संयोजकत्वमा वार्ता समिति घोषणा गर्नुभएको थियो ।

सरकारसँग वार्ता गर्न विप्लव समूहको टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

विभिन्न ध्वंसात्मक गतिविधिमा संलग्न रहेपछि सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई प्रतिबन्ध लगाएका थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४