Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख सापकोटाले बिहान १० बजे कोरोना विरुद्धको खोप लगाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना विरुद्धको खोप लगाउँदै हुनुहुन्छ ।

सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तय भएको छ ।

यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

विघटित प्रतिनिधिसभा पुन:स्थापना भएको सर्वोच्च अदालतले निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ ।

त्यसअघि सबैले कोरोना विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था सचिवालयले गरेको छ । सो अन्तर्गत बुधबारबाट खोप अभियान सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४