Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ ।

सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको फोन प्रहरीले ट्याप गरेसँगै यो मुद्दा चर्चामा आएको थियो । सार्कोजी र उनका वकिलहरुले न्यायाधीशलाई प्रभावित पार्न खोजेको पाइएको अदालतको ठहर छ ।

सर्कोजीका वकिलले अदालतले सुनाएको यो फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । यो प्रक्रिया पूरा नहुँदासम्म सर्कोजी स्वतन्त्र हुनेछन् । यो प्रक्रिया सकिन केही वर्ष लाग्न सक्छ ।

फैसला सुनाउने क्रममा न्यायाधीश क्रिस्टिन मीले सर्कोजीलाई आफूले नराम्रो काम गर्दै छु भन्ने थाहा भएको र पूर्व राष्ट्रपति र उनका वकिलको कार्यले न्यायालयको छवि बिगारेको बताएकी थिइन् ।

फ्रान्सको इतिहासमा यो मुद्दालाई निकै महत्वपूर्ण मानिएको छ । सार्कोजीले गरेको अपिल असफल भएको अवस्थामा उनलाई सुनाइएको जेल सजाय उनले आफ्नै घरमा बसेर पूरा गर्न सक्नेछन् । सार्कोजी सन् २००७ मा पाँच वर्षको लागि फ्रान्सको राष्ट्रपति बनेका थिए ।

सार्कोजीमाथि फ्रान्समा सन् २०१२ को निर्वाचन प्रचार अभियानमा सीमाभन्दा धेरै रकम खर्च गरेको र सन् २००७ को निर्वाचन प्रचारको लागि लिबियाका तत्कालीन शासक मुआमार गद्दाफीबाट पैसा लिएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४