Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 5.9K
    SHARES

काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह-आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् ।

स्वर्गीय अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको चर्चा, अग्रज कम्युनिस्ट ज्येष्ठ नागरिक सम्मान तथा फाउण्डेशनको प्रदेश-१ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउण्डेशनकी सदस्य एवं अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।

अधिकारीले कानुन तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । अधिकारीले २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए ।

यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए । पटक-पटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४