Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुण्डाइले फिर्ता लियो ८२ हजार विद्युतीय कार, १ खर्ब रुपैयाँ घाटा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 3.3K
    SHARES

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाइले विश्व बजारबाट ८२ हजार विद्युतीय कारहरु फिर्ता लिने भएको छ ।

ब्याट्रीको समस्याका कारण १५ वटा कारमा आगो लागेको घटना सार्वजनिक भए पनि हुण्डाइले बजारमा पठाइसकेका ८२ हजार विद्युतीय कार फिर्ता लिने घोषणा गरेको हो । यसलाई कार फिर्ता लिने घटनामा अहिलेसम्मै सबैभन्दा महँगो मानिएको छ । यसले सानो मात्र कमजोरीले पनि विद्युतीय गाडी निर्माता कम्पनीले कति ठूलो मूल्य चुकाउनु पर्दछ भन्ने देखाएको छ ।

यस घटनाले हुण्डाईलाई १ ट्रिलियन कोरियन वन अर्थात् ९० करोड अमेरिकी डलर घाटा लागेको बताइएको छ । यो भनेको प्रतिकार ११ हजार डलर हो ।

फिर्ता लिइएका कारमा पूरानो ब्याट्री फेरेर नयाँ ब्याट्री हाल्नु निकै महँगो पर्दछ । यसको खर्च तथा काम भनेको परम्परागत पेट्रोलियम इन्धनवाला कारको पूरै इन्जिन फेर्नु सरह नै हुन्छ । जबकि यसरी फिर्ता गरिने पेट्रोलियम कारहरुमा पूरै इन्जिन फेर्नुपर्ने आवश्यकता निकै कम मात्र हुन्थ्यो ।

यसअघि पूरै इन्जिन फेर्नुपरेको यस्तै घटना सन् २०१४ मा भएको थियो । त्यतिबेला प्रोसे ९११ जीटीथ्री स्पोर्टस कार बजारबाट फिर्ता लिएर कम्पनीले पूरै इन्जिन फेरिदिएको थियो ।

त्यस्तै हालैमात्र जनरल मोटर्सले बजारमा रहेका ७० लाख गाडीहरुका टाकाटा एयरब्याग्स फेरिदिएको थियो र त्यसका लागि उसले १ अर्ब २० करोड डलर खर्च गरेको थियो । त्यसमा प्रति गाडी खर्च २ सय डलरभन्दा कम लागेको थियो ।

हुण्डाइका विद्युतीय गाडीको ब्याट्री फेर्नका लागि लाग्ने प्रतिकार लागत इतिहासकै उच्च मानिएको छ । यसले विद्युतीय गाडीको ब्याट्री पूरै कारको अनुपातमा कतिधेरै महँगो हुन्छ भन्ने पनि देखाएको छ ।

हुण्डाइका विद्युतीय कारमा भएका आगलागीका विभिन्न १५ घटनामा हालसम्म कोहीपनि घाइते नभएको बताइएको छ । अधिकांश कारमा बन्द गरिसकेपछि खाली रहेको अवस्थामा आगलागी भएको छ । हालसम्म अमेरिकामा त्यस्तो घटना भएको छैन । तथापि यसरी फिर्ता बोलाइने कारमध्ये ६ हजार ७ सय वटा कार हाल अमेरिकामा गुडिरहेको अनुमान छ।

हुण्डाइका अनुसार एलजी कम्पनीले बनाएका ब्याट्रीमा सर्ट सर्किटको समस्या हुँदा आगलागी भएको अनुसन्धानले देखाएको छ ।

फिर्ता बोलाइएका कारमध्ये २७ हजार दक्षिण कोरियामा छन् भने ५५ हजार विश्वका अन्य विभिन्न मुलुकमा रहेका छन् ।

सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४