Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कौसीबारीमा तरकारी लगाउने बेला भयो, बिउ रोप्ने कि बिरूवा ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १८ २०७७
  • 11.9K
    SHARES

काठमाडौं । करेसाबारीमा तरकारी लगाउने सिजन सुरु भएको छ । फागुन महिनाको अन्तिम वा चैतको पहिलो हप्तादेखि सहरी भेगमा घरको कौसीमै पनि अर्गानिक तरकारी लगाउन चाहनेहरूलाई अब तयारी सुरु गर्न कौसी खेतीसम्बन्धी जानकारहरू सुझाव दिन्छन् ।

कौसीमा खेती गर्न चाहनेहरूले अबको एक/डेढ हप्तापछि करेसाबारीमा बिउ राखेर वा सिधै बिरुवा नै लगाएर पनि तरकारी फलाउन सक्ने अभियान एग्रोका सञ्चालक सुभाष पण्डितले जानकारी दिए ।

अहिले बिहान बेलुकाको समय जाडो नसकिइसकेकोले बिउ राखेर उमार्नेतिरभन्दा पनि सिधै बिरुवा सार्न सकिने सुझाव उनको छ । अहिले बिरुवा लगाउने हो भने डेढ महिनामा तरकारी उत्पादन भइसक्छ । सिमीजस्ता फलहरू फल्नको लागि थप केही समय लाग्छ ।

पण्डितका अनुसार अहिले लौका, घिरौला, काँक्रो, करेला, गोलभेँडा, भेँडे खुर्सानी, किबी, बोडी, साग आदि राख्न सकिन्छ । पण्डितका अनुसार बिउ राख्नेहरूले फागुनको पहिलो वा दोस्रो सातामा नै राखिसकेका छन् । तिनै बिउबाट बिरूवा हुर्किएपछि  कौसीमा उचित मलको प्रयोग गरेर सार्न सकिन्छ । काठमाडौंका विभिन्न ठाउँमा यस्ता बिरूवाहरू किन्न पाइन्छ ।

कौसीखेती गर्ने क्रममा छतमा धेरै गह्रौं‌‌ वस्तु राख्न नचाहनेहरूलाई माटोको विकल्पमा कोकोटिक (नरिवलको जटा)को प्रयोग पनि गर्न सकिन्छ । यो माटोको तुलनामा निकै हलुका हुने गर्छ । नरिवलको जटालाई कम्प्लेक्स गरेर एउटा इँटा जस्तो आकारको बनाइएको हुन्छ । तर यस्तोमा बेलाबेलामा कम्पोस्ट मल थपिराख्नुपर्छ । नियमित पानी माटोमा हुर्काउने बिरुवा होस् या कोकोटिकमा हुर्काउने होस् सबैमा उति नै मात्रामा राख्नुपर्छ ।

कौसीखेतीको लागि प्रयोग गरिने कोकोटिक

कोकोटिकमा तरकारी हुर्काउने हो भने त्यसको लागि एकभाग कोकोटिक राख्नुपर्छ र समय समयमा कम्पोस्ट थपिराख्नुपर्छ । बिरूवाअनुसार १५ देखि २० दिनसम्मा कम्पोस्ट थपिरहनुपर्छ । कोकोटिकमा फलाउने बिरूवाको जरा धेरैतिर फैलिएको हुन्छ ।

पण्डित छतमा बोरा होस् या त कुनै भाँडाकुँडामा पनि तरकारी फलाउन सक्ने बताउँछन् । टनेलसँगै एकीकृत रूपले मिस्रित तरकारी उत्पादन गर्ने विधि बारे पनि अभिमुखीकरण गर्ने गरिएको पण्डित बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४